आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा नेकपा समाजवादीको जिल्ला कमिटी गठन

आइतबार, २७ भदौ २०७८, १२ : २७
आइतबार, २७ भदौ २०७८

नेकपा एमाले पाल्पा जिल्ला कमिटीका उप–सचिव खिमानन्द पाण्डेको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन गरिएको छ । शनिवार  आयोजना गरिएको जिल्ला भेलाले पाण्डेलाई पार्टी अध्यक्षमा चयन गर्दै ७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।
 
उपाध्यक्षमा  प्रदेश सांसद रमा घर्ती, सचिवमा मोहन गैरे र उपसचिवमा कमल सेन चयन भएका  छन् । जिल्ला कमिटी सदस्य पदम गैरेका अनुसार नेकपा एमालेको ७१ सदस्यीय जिल्ला कमिटी मध्ये ४ जना सचिवालय सदस्य र १८ जना जिल्ला कमिटी सहित २२ जना नेकपा समाजवादीको जिल्ला कमिटीमा छन् । हाल सम्म रम्भा गाउँपालिका–५ का वडा सदस्य ईश्वरी प्रसाद श्रेष्ठले मात्रै नेकपा समाजवादीमा सनाखत गरेका छन् । 

यस्तै लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिसमेत सोही भेलाले गठन गरेको छ । ४ चैत ०७७ पछि अधिकांश जिल्लामा समानान्तर कमिटीलाई तीव्रता दिएको माधव नेपाल पक्ष समुहले गुल्मी र पाल्पामा भने  समानान्तर कमिटी गठन गरेको थिएन । भेलालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कमिटी सदस्य सोमप्रसाद  पाण्डेले समाजवादी दृष्टिकोणले नै मुलुकलाई निकास दिने दाबी गरेका छन्  । यता गुल्मीमा भने नेतृ रामकुमारी झाँक्री बाहेक कुनै पनि एमाले कार्यकर्ता नेकपा समाजवादीमा देखिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप