सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रिमण्डल विस्तारमा जुटेन सहमति

मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ ।
शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको लामो समय बित्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले गठबन्धनका शीर्ष नेताहरूलाई आफ्नो दलबाट मन्त्रीहरूको नाम दिन भनेका थिए ।
‘मन्त्रिपरिषद विस्तारबारे आज पनि नेताहरुबीच छलफल भयो, तर ठोस सहमति जुटेन, एक दुई दिनमा पुन छलफल गरेर टुङ्ग्याउन नेताहरु सहमत भएका छन्’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अध्यादेश, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएर सैद्धान्तिक विषयमा सहमति भएपनि प्राविधिक विषय मिलाउन बाँकी रहेकाे बताए । उनले भोलि पुन: बैठक बसेर सहमति खोजिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात सदस्यीय तेक्वान्दो टोली जापान जाने
-
धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो
-
हर्क साम्पाङसहित तीन जनाविरुद्ध उजुरी
-
राजधानीका ठुला अस्पतालका क्यान्टिन सन्तोषजनक छैनन् : विभाग
-
‘महिनाको १६ हजार १० रुपैयाँमा पीजी कार्यक्रम चलाउन सकिँदैन’
-
‘भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्नुहुन्छ, हाम्रा प्रधानमन्त्रीहरूलाई मतलब छैन’