सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा कोरोना सङ्क्रमित वृद्ध मृत फेला

आइतबार, २७ भदौ २०७८, १२ : १३
आइतबार, २७ भदौ २०७८

झापाको शिवसताक्षी नगरपालिका– ९ का एक कोरोना सङ्क्रमित वृद्ध मृत फेला परेका छन् । आज बिहान ४ः३० बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । 

वृद्धलाई घरको निदाल कपडाको डोरी बनाएर झुण्डिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए । गत शुक्रबार उनलाई सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमणपछि उनी होम आइसोलेशनमा उपचार गरिरहेको शिवसताक्षी कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप