बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वेभ सिरिजमार्फत डिनो मोरियाको कमब्याक

आइतबार, २७ भदौ २०७८, १२ : ०८
आइतबार, २७ भदौ २०७८

अभिनेता डिनो मोरियाले वेव सिरिज ‘द एम्पायर’ मार्फत एकपटक फेरि आफ्नो अभिनयको जादु देखाएका छन् । यो वेब शोलाई दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ । 

२०१० मा प्रदर्शनमा आएको फिल्म ‘प्यार इम्पोसिबल’ पछि राम्रो अफर पाउन डिनोले धेरै कुर्नुप¥यो । २०१७ मा बनेको मलायालम फिल्म ‘सोलो’ मा उनी लिड रोलमा देखिएका थिए । अघिल्लो वर्ष उनले धेरै डिजिटल प्रोजेक्टस्हरुमा काम गरे, जसमा मेन्टलहुड, होस्टेज र तान्डव समावेश छन् ।

तर, द एम्पायरमा निभाएको खलपात्रको भूमिकाले भने उनलाई निकै चर्चामा तानेको छ । फिल्मबाट लामो ब्रेक लिनुको कारणबारे डिनोले भने, ‘मलाई राम्रा अफरहरु मिलेका थिएनन् ।  

ती फिल्महरु गर्नुको अर्थ आफ्नो चिहान खन्नु हो भन्ने मलाई थाहा थियो,’ उनले भने,‘यदी ती फिल्महरु खेलेको भए उद्योगले मलाई धिक्कार्ने थियो । मानिसहरुले कस्तो बकवास काम गरेको भन्ने थिए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप