आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पाइलटको गल्तीले दुर्घटनाको शिकार भएको थियो एयर इन्डिया एक्सप्रेसको विमान

आइतबार, २७ भदौ २०७८, १२ : ००
आइतबार, २७ भदौ २०७८

पाइलटको गल्ती र सुरक्षा मापदण्डको पालना गर्न असक्षम भएका कारण एयर इन्डिया एक्सप्रेसको विमान अघिल्लो वर्ष दुर्घटनाको शिकार भएको अनुसन्धाताले बताएका छन् ।

केरलको कालीकट विमानस्थलमा यो विमान दुर्घटना भएको थियो । दुर्घटनाका बेला विमानमा १९० जना सवार थिए । यो दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

दुबईबाट आइरहेका बोइंग ७३७ विमान रनवेमा वर्षाका कारण चिप्लियो र अवतरण गरेपछि दुई टुक्रा भएको थियो । यो विमानमा कोरोना लकडाउनका कारण विदेशमा फसेका भारतीयलाई उद्धार गरिएका यात्री सवार थिए ।

दुर्घटनामा जतिको मृत्यु भएको थियो, त्यसमध्ये विमानका दुई पाइलट पनि थिए । घटनामा ७५ यात्री गम्भीर रुपमा घाइते भएका थिए ।

घटनाका दिन विमानले अवतरण गर्न दुई पटक कोसिस गरेको थियो । पहिलो कोसिस खराब मौसमका कारण असफल भएको थियो । दोस्रो कोसिसमा यो दुर्घटना भयो ।

दुर्घटनाको अनुसन्धान गर्ने सरकारी एजेन्सी ‘एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो’ को रिपोर्टमा अवतरण अघि पाइलटले निर्धारित प्रक्रियाको थुप्रै पटक उल्लंघन गरिएको बताइएको छ ।

२५७ पानाको यो रिपोर्टमा विमानको विन्डशील्ड भाइपरले काम गरिरहेको थिएन जसका कारण हेर्न असुविधा भइरहेको बताइएको छ । पाइलट खराब मौसमको परिस्थितिमा सटिक ल्यान्डिङ डाटाको अनुमान लगाउन असफल भएका थिए ।

‘पाइलटले अवतरण गर्ने पहिलो कोसिसका बेला क्याबिन क्रुका सदस्यलाई बसिरहन आदेश दिइएन जबकी यो अनिवार्य हुन्छ । यो क्याबिन क्रुका सदस्यको सुरक्षामा गम्भीर भूल थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप