‘अन्तिम’ पाँच भाषामा रिलिज हुने, सलमानअघि अनिल कपूरलाई आएको थियो मुख्य भूमिकामा प्रस्ताव
आइतबार, २७ भदौ २०७८, ११ : ५८
सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ’ लाई लिएर चर्चामा छन् । रिपोर्टअनुसार, सलमानले यस फिल्ममा जुन भूमिका निभाएका छन्, त्यस भूमिकाका लागि यसअघि अनिल कपुरलाई प्रस्ताव गरिएको थियो ।
अनिल कपूरले पनि यसबारे विचार गरिरहेका थिए । तर, उनीबाट जवाफ आउनुअघि नै सलमान खानले अतिथि भूमिकामा खेल्ने घोषणा गरियो । यद्यपी, अब सलमान खान नै मुख्य भूमिकामा रहनेछन् । सलमानबाहेक यस फिल्ममा उनका ज्वाइँ आयुष शर्मा पनि मुख्य भूमिका हुनेछन् । यस एक्सन थ्रिलरको निर्देशन महेश मान्जरेकरले गरेका छन् । यो चलचित्र मराठी चलचित्र ‘मुमशी प्याट्रन’ का हिन्दी रिमेक हो । यसलाई हिन्दी, तमिल, तेलुगु, कन्नड र उडिया भाषामा रिलिज गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार