विशेष चर्चामा किम कार्दशियनका नयाँ तस्बिर
अमेरिकी टेलिभिजन व्यक्तित्व, फेसन डिजाइनर, व्यवसायी, मोडल तथा अभिनेत्री किम कार्दशियनका नयाँ तस्बिर विशेष चर्चामा छन् ।
किमले सामाजिक सञ्जालमा आइतबार पोस्ट गरेका केही तस्बिरमा मानिसहरुले विशेष रुची राखिरहेका छन् ।
हुन त किमको फेसन सेन्स भिन्न छ । उनी पहिरनकै कारण थुप्रै पटक चर्चामा नआउने पनि होइन । तर यसपटकको पहिरन खास छ ।
किमले धेरैजसो अवस्थामा आफ्नो सुगठित शरीर प्रदर्शन गर्न कुनै कसूर छोड्दिनन् तर यसपटक भने उनले आफू शरीरलाई टाउकोदेखि खुट्टासम्म ढाकेकी छिन् ।
किमले कालो रङको छालाको जस्तो देखिने पहिरन लगाएकी छिन् । कोट, लङ बुट, हातमा पञ्जा लगाएकी उनले आफ्नो अनुहार पूरै ढाकेकी छिन् । यद्यपि, कपाल भने देखिएको छ ।
उनका यी तस्बिरमा थुप्रैले कमेन्ट गरेका छन् ।
कतिले उनको यो पहिरनले कोभिड–१९ बाट सुरक्षा दिने बताएका छन् भने कतिले ‘कसरी हेर्नुहुन्छ ? कसरी सास फेर्नु हुन्छ ?’ भनेर पनि प्रश्न सोधिरहेका छन् ।
यस्तै कतिले ‘तपाईंलाई ठिक त छ ?’ भनेर पनि सोधिरहेका छन् ।
उनको यो पहिरनलाई असाध्यै राम्रो भन्दै तारिफ गर्नेहरुको संख्या पनि बाक्लै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेमा पड्काएको पड्काले घर जल्दा एकै परिवारका ६ जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि यूएस चेम्बरका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशप काठमाडौँ आए
-
डलर देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
-
हैदराबादविरुद्धको खेलमा कोहलीको कीर्तिमान
-
उपेन्द्र यादवका लागि गलपासो बन्दै गौर घटना
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत