आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा सरकारको शपथ ग्रहण समारोहबारे बोल्यो तालिबान

आइतबार, २७ भदौ २०७८, १० : २०
आइतबार, २७ भदौ २०७८

अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने  तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् ।

तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्नेे योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताए ।

पत्रिका जंगका अनुसार तालिबानका प्रवक्ताले शपथ ग्रहण समारोहका  लागि अन्य देशका नेतालाई बोलाउनु पर्ने, उनीहरुको प्रोटोकलको पालना गर्नुपर्ने र यी सबैका लागि थप समय चाहिने बताए ।

अर्कोतर्फ अफगानिस्ताका जनतासम्म सेवा पनि पुर्याउन अत्यावश्यक भएकोले तालिबानको शीर्ष नेतृत्वले हाल मन्त्रीमण्डल विस्तार गरेको र उनीहरुको शपथ ग्रहण समारोह हालका लागि रोकिएको सुहैल शाहीनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप