शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुखको दुर्गन्ध हटाउनदेखि सुखमय यौनजीवनका लागि सुकमेल

आइतबार, २७ भदौ २०७८, १० : १९
आइतबार, २७ भदौ २०७८

आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गुणहरु पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ । भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ । 

मुखको दुर्गन्ध हटाउन
सुकमेलले मुखको दुर्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास गन्हाउने समस्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा गन्ध आउन थाल्छ । तर, सुकमेल खाने बानीले कब्जियतको समस्या कम हुने र मुख गन्हाउने समस्या पनि कम गराउँछ । सुकमेलमा हुने तत्वले मुखको गन्ध हटाउँछ । मुखबाट आउने गन्ध कडा छ भने मुखमा सुकमेल राखेर हिँड्न सकिन्छ ।

यौनजीवनका लागि 
सुकमेलको सेवनले यौनजीवन राम्रो बन्छ । यसबाट भित्री शक्ति प्राप्त हुन्छ । बाँझोपनको समस्यासँग जुधिरहेका व्यक्तिले पनि सुकमेल खान सक्छन् ।

पाचन प्रक्रिया 
सुकमेलमा पाइने तत्वले पाचन प्रक्रियालाई सक्रिय गराउँछ । यसमा हुने रासायनिक गुणले पेटभित्र हुने जलनलाई पनि कम गर्छ । बान्ता हुन खोजेमा सुकमेल खान सकिन्छ ।

घाँटी खराब भएमा 
घाँटीमा समस्या भएमा सुकमेलको सेवन गर्न सकिन्छ । यसको सेवनले घाँटीमा हुने खराबी पनि कम गर्न सकिन्छ । भने घाँटी दुख्ने समस्या पनि कम हुन्छ ।

विषाक्त पदार्थ 
सुकमेलमा हुने रासायनिक गुणले शरीरमा हुने फ्रि–रेडिकल र विषाक्त पदार्थबाट बचाउँछ । सुकमेललाई प्राकृतिक रुपमा रगत शुद्धिकरण गर्ने पदार्थ पनि भनिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप