शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२ वर्षपछि खुल्यो स्विमिङ पुल, तस्बिरहरु हेर्नुहाेस्

आइतबार, २७ भदौ २०७८, ०९ : ४९
आइतबार, २७ भदौ २०७८

कोरोना महामारी सुरु भएदेखि बन्द रहेका स्विमिङ पुलहरू बिस्तारै खुल्न थालेका छन् । पहिलो लकडाउनदेखि बन्द प्राय: रहेका स्विमिङ पुल दोस्रो लहरको समयमा लगाइएको लकडाउनपछि बल्ल खुल्न थालेका हुन् ।

स्विमिङ पुल खुलेपछि पौडीका पारखीहरूमा उत्साह त मिलेकै छ, यस व्यवसायमा लागेकाहरूलाई पनि थोरै भए राहत मिलेको छ । ठुलो लगानीमा खुलेका स्विमिङ पुलहरू २ वर्षसम्म बन्द हुँदा यसका लगानीकर्ता र सञ्चालक ठुलो तनावमा थिए । अहिले स्विमिङ पुल खुले पनि पहिलेजस्तो मानिसहरू नआएको उनीहरूको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरस्थित बानेश्वर रिक्रिएसन सेन्टरमा पुग्दा थोरै सङ्ख्यामा सर्वसाधारण पुलमा रमाइरहेका थिए । सेन्टरका सञ्चालक मनसजन राजभण्डारी भन्छन्, 'वर्षमा झन्डै ५ महिना मात्रै खुल्ने हाम्रो व्यवसाय २ वर्षसम्म बन्द नै थियो । अहिले बल्ल खुलेका छन् तर मानिसहरूको उपस्थिति भने कम छ । खुलेको एक हप्तामा जम्मा १५० जना आएका छन् । अहिले हामी हाम्रो खल्तीबाटै सबै खर्च गरिरहेका छौँ, आम्दानी शून्य प्राय: नै छ ।' तर स्थिति बिस्तारै सकारात्मक बन्नेमा भने उनी आशावादी छन् ।

हेरौँ बानेश्वर रिक्रिएसन सेन्टरमा खिचिएका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप