२ वर्षपछि खुल्यो स्विमिङ पुल, तस्बिरहरु हेर्नुहाेस्
कोरोना महामारी सुरु भएदेखि बन्द रहेका स्विमिङ पुलहरू बिस्तारै खुल्न थालेका छन् । पहिलो लकडाउनदेखि बन्द प्राय: रहेका स्विमिङ पुल दोस्रो लहरको समयमा लगाइएको लकडाउनपछि बल्ल खुल्न थालेका हुन् ।
स्विमिङ पुल खुलेपछि पौडीका पारखीहरूमा उत्साह त मिलेकै छ, यस व्यवसायमा लागेकाहरूलाई पनि थोरै भए राहत मिलेको छ । ठुलो लगानीमा खुलेका स्विमिङ पुलहरू २ वर्षसम्म बन्द हुँदा यसका लगानीकर्ता र सञ्चालक ठुलो तनावमा थिए । अहिले स्विमिङ पुल खुले पनि पहिलेजस्तो मानिसहरू नआएको उनीहरूको भनाइ छ ।

शनिबार नयाँ बानेश्वरस्थित बानेश्वर रिक्रिएसन सेन्टरमा पुग्दा थोरै सङ्ख्यामा सर्वसाधारण पुलमा रमाइरहेका थिए । सेन्टरका सञ्चालक मनसजन राजभण्डारी भन्छन्, 'वर्षमा झन्डै ५ महिना मात्रै खुल्ने हाम्रो व्यवसाय २ वर्षसम्म बन्द नै थियो । अहिले बल्ल खुलेका छन् तर मानिसहरूको उपस्थिति भने कम छ । खुलेको एक हप्तामा जम्मा १५० जना आएका छन् । अहिले हामी हाम्रो खल्तीबाटै सबै खर्च गरिरहेका छौँ, आम्दानी शून्य प्राय: नै छ ।' तर स्थिति बिस्तारै सकारात्मक बन्नेमा भने उनी आशावादी छन् ।
हेरौँ बानेश्वर रिक्रिएसन सेन्टरमा खिचिएका तस्बिरहरू :









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण