पत्रपत्रिका
कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति
आइतबार, २७ भदौ २०७८, ०६ : २७
![कोरोना खोप: बालबालिकाका लागि फाइजरलाई नेपालमा अनुमति](https://rpcdn.ratopati.com/media/albums/corona-khop_g77rz2Cmtd.jpg)
औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदैआएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।
विभागका महानिर्देशक नारायण प्रसाद ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको बताए ।
अन्नपूर्णसँग महानिर्देशक ढकालले भने, ‘सरकारले ल्याएर प्रयोग गर्न फाइजरलाई आपतकालीन अनुमति दिइएको छ । कोभ्याक्स फ्यासीलिटी अन्तर्गत् खोप आउने हो ।’ सरकारले १२ वर्ष उमेर समूमाथिकालाई फाइजर खोप लगाउने तयारी थालेको हो ।
कोभ्याक्स सुविधा अन्तर्गत् केही दिनमै एक लाख मात्रा फाइजर खोप आइपुग्ने सरकारले जनाएको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, सरकार केही हुँदैन
-
एमालेका मन्त्रीलाई बालकोट बोलाएको छैन : बालकोट
-
तपस्वी दाबी गर्ने रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति ठहर
-
अभिनेत्री हिना खानलाई ब्रेष्ट क्यान्सर
-
खेल क्षेत्रलाई संस्थागत विकास गर्न घरेलु प्रतियोगिताको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री प्रचण्ड
-
महामन्त्री मुकुल ढकालमाथि कारबाही हुनसक्छ : उपसभापति अर्याल