बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिट रहन कस्ता एक्सरसाइज गर्छन् बलिउड सेलिब्रेटी

आइतबार, २७ भदौ २०७८, ०५ : ५२
आइतबार, २७ भदौ २०७८

सेलिब्रेटीहरुका लागि सधैँ फिट रहनुपर्ने चुनौती हुन्छ । अभिनेता–अभिनेत्रीहरूसामु राम्रो प्रस्तुतिसँगै आफ्नो फिटनेस मेन्टेन गर्नुपर्ने चुनौती पनि हुन्छ । बलिउडमा चाडै तौल घटाउनका लागि सेलिब्रेटीहरुले गर्ने व्यायाम पनि फरक–फरक छन् । सबैले आ–आफ्नो रुचिअनुसार व्यायाम गर्ने गरेका छन् । 

पिलेट्स 

करिना कपूर, आलिया भट्ट मलाईका अरोडा, कटरिना कैफलगायत कलाकारहरू पिलेट्स गर्न रुचाउँछन् । पेटमा बोसो कम गर्न र बलियो तथा आकर्षक मांसपेशी बनाउनका लागि पिलेट्स निकै प्रभावकारी मानिन्छ । यो फिटनेसका लागि राम्रो शारीरिक व्यायाम हो । यसलाई तपाईहरु घरमा पनि गर्न सक्नुहुन्छ । हिप्सलाई शेपमा ल्याउनुको साथै यसले शरीरलाई लचिलो पनि बनाउँछ । त्यसैले त बलिउडका अभिनेत्रीहरू यस्तो अभ्यासमा आकर्षित छन् । 

इन्टरभल ट्रेनिङ

तेजसँग तौल घटाउनका लागि सारा अली खान इन्टरभल ट्रेनिङ गर्छिन् । यो हाई इन्टेन्सिटी वर्कआउट हो । यसले मेटाबोलिजम बढाउने र मांशपेशीहरुलाई पनि टोन गर्ने गर्छ । सारा अलीले विशेष गरी लकडाउनको समय यो अभ्यास गरेकी  थिइन् । र, धेरै तौल घटेको थियो । 

शिल्पा र करिनाको योग मोह 

मन र शरीर दुबैलाई दुरुस्त राख्नका लागि योग राम्रो तरिका हो । यसले मांसपेशीलाई पुष्ट बनाउनेमात्र नभएर शरीरलाई पनि तन्दुरुस्त राख्छ । योग गर्नाले अतिरिक्त फ्याट कम गर्न सहयोग पुग्छ । पादहस्तासन, पर्वताआसन र मार्जरीजस्ता आसनले पीठ, मांसपेशीहरू र काँधलाई बलियो र ऊर्जावान् बनाउँछन् । नियमित रूपमा योग गर्दा पाचन र रक्तसञ्चारमा सुधार हुन्छ । शिल्पा सेट्टी नियमित रूपमा योग गर्छिन् भने करिना कपूर पनि यसको सौखिन हुन् । 

बक्सिङमा यी कलाकार अघि 

बलिउडका केही चर्चित कलाकार  शारीरिक कसरतका लागि बक्सिङ खेल्छन् । सारा अली खान, फरहान अख्तर, कुणाल खेमु, विद्युत् जामवाल, टाइगर श्रौफलगायत कलाकारहरूको रुचि यसमा छ । अरमान रल्हन मिक्स मार्सल आर्ट, बक्सिङ र वेट ट्रेनिङमा माहिर छन् । 

 

दौडने बानी 

दैनिक रूपमा दौडनु फिट हुने राम्रो उपाय हो । बिहान–बिहान यसरी दौडँदा मानिसको स्वास्थ्य र प्रतिरोध प्रणाली बलियो हुन्छ । कुदाइले तपाईको शारीरिक र मानसिक स्वास्थ्य सुधार्छ । त्यही कारण मानिसहरू पाको उमेरमा पनि जवान देखिन्छन् । अभिनेता मिलिन्द सोमन र अनिल कपूर यसैको उदाहरण हुन् । ६४ वर्षको उमेरमा पनि अनिल जवानजस्तै देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप