१८ महिनापछि ‘घर’ फर्किँदै रियल
स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो गृह मैदान सान्टियागो बर्नाबेउ रंगशालामा नखेलेको १८ महिना ११ दिन भयो । अब, यस रंगशालामा फेरि उसले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।
यो खेल नेपाली समयअनुसार आज मध्यरात १२ बजे ४५ मिनेट जाँदा सुरु हुनेछ । १८ महिनापछि आयोजना हुने खेलका लागि रंगशालामा स्कोरबोर्ड र मैदान तयार गरिसकिएको छ । रियलले यस रंगशालामा अन्तिमपटक १ मार्च २०२० मा बार्सिलोनाविरुद्ध खेलेको थियो र उक्त खेल जितेको थियो ।
त्यसयता, उसले आफ्नो स्वामित्वमा रहेको अल्फ्रेडो डि स्टेफानो रंगशालामा होम म्याचहरू खेल्दै आएको थियो । कोरोना भाइरस महामारीका कारण स्पेनमा गत सिजन दर्शक बिना नै फुटबल आयोजना भयो । र, गत सिजन रियल म्याड्रिडको प्रदर्शन पनि राम्रो थिएन । २००९–१० को सिजनपछि पहिलोपटक रियल ट्रफीविहीन बन्यो ।
अहिले अवस्था केही फेरिएको छ । स्पेनमा दर्शकहरू पनि आफ्नो क्लबको खेल हेर्न रंगशालामा आउन पाउँछन् । र, जारी सिजनमा रियलको सुरुवात पनि राम्रो छ । यस्तोमा घरेलु रंगशालामा टोलीको स्वागत गर्न दर्शकहरू आतुर छन् ।
ला–लिगामा सुरुवाती तीन खेल खेल्दासम्म रियलले हार व्यहोर्नुपरेको छैन । दुई जीत र एक बराबरीको नतिजा निकालेको रियलले यसक्रममा ८ गोल गरेको छ भने ४ गोल खाएको छ । रियल लिगमा शीर्ष स्थानमा छ । तर, सेभिया, भ्यालेन्सिया, बार्सिलोना, एथलेटिको म्याड्रिड र रियल मयोर्काले पनि समान ७ अंक जोडेका छन् ।
रियलको प्रतिद्वन्द्वी सेल्टा भिगो भने सुरुवाती तीनमध्ये दुई खेलमा पराजित भइसकेको छ । उसले एक खेल बराबरी खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी