बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिद्वारा सेप्टेम्बर ११ को आतङ्कवादी घटनामा मारिएकाप्रति श्रद्धाञ्जली व्यक्त

शनिबार, २६ भदौ २०७८, १९ : ५१
शनिबार, २६ भदौ २०७८

राष्ट्रपति जो बाइडेनले ९–११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।  राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै  उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको  एकता र  सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन् । आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त  दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटर रहेका थिए भने अहिले देशको सर्वोच्च  नेतृत्वमा रहेका छन्।  

राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जली र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका छन् । यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेड भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेको छ  आह्वानमा उक्त कुख्यात घटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको  राष्ट्रपति बाइडेनले बताएका छन् ।

राष्ट्रपति बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन्। शुक्रबार राति राष्ट्रपति बाइडेन ९–११ को घटनाको  स्मरणमा न्युयोर्क आइपुगेका छन् । यहाँको आकाशमा बत्तीहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए  । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप