पर्सामा एकीकृत समाजवादीको १ सय ७५ सदस्यीय जिल्ला कमिटी गठन

बालगोपाल थापाको अध्यक्षतामा १ सय ७५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीको घोषणा गरिएको छ । शनिबार वीरगञ्जमा भएको पर्सा जिल्ला भेलाबाट अध्यक्षमा बालगोपाल थापा र सचिवमा विक्रम चौरसियालाई चयन गरिएको हो ।
अध्यक्ष थापाको नेतृत्वमै यसअघि नेकपा एमाले पर्साको जिल्ला समानान्तर कमिटी बनेको थियो । जिल्ला भेलाबाट जिल्ला सचिवालय समेत चयन गरिएको नेकपा एसका जिल्ला सदस्य बृजलाल पासवानले जानकारी दिए ।
पासवानका अनुसार जिल्ला सचिवालयमा अध्यक्ष बालगोपाल थापा, सचिव विक्रम चौरसिया तथा सदस्यहरूमा प्रभुनाथप्रसाद कुर्मी, वृजप्रसाद यादव, मनोज चौधरी, अरुण यादव, राघव साह, बृजलाल पासवन, मंजर आलम, राजेन्द्र चौधरी, योगकुमारी तामाङ, रविन्द्र कार्की, सत्यनारायण दास, भोला महतो, सुवेदार यादव, सन्तोष सिंह, गंगाधर महतो, पटवारी बैठा र मोहन यादव रहेका छन् ।
सो भेलामा पार्टी केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साह, रामचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
-
शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक
-
काठमाडौँ निरन्तर विश्वका प्रदूषित सहरको सूचीमा, जोगिन के गर्ने ?
-
प्रचण्डद्वारा सैनामैनालाई खेलकुद हबका रूपमा विकास गर्ने प्रतिबद्धता
-
सिंहदरबार ग्यालरी बैठक भवनको ‘रेट्रोफिटिङ’ को भौतिक प्रगति २० प्रतिशत