आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपेशलाई राजेशहरि जोशी स्मृति चेस उपाधि

शनिबार, २६ भदौ २०७८, १८ : ४४
शनिबार, २६ भदौ २०७८

स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जैसवालले जितेका छन् । सजिलो सिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गदैं उपाधि जितेका हुन् । 

त्यसैगरी साढे ७ अंक गरेका थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज घिमिरे दोश्रो भए । तेस्रो स्थान हासिल गरेका सर्लाहीका कमल श्रेष्ठले पनि समान साढे ७ अंक नै हासिल गरेका थिए । तर, प्रोग्रेसिव टाइब्रेकरका आधारमा घिमिरे दोस्रो भए । 

प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथौं, भक्तपुरका युवा खेलाडी निकेन कुसाथा पाँचौ, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौतहटका सुशील चौधरी आठौं, दोलखाका राजिव कार्की नवौं र फिडेमास्टर मनिष हमाल दशौं भए ।

पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः  प्रथम, दोश्रो र तेश्रो भए । अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई दोश्रो भए । नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीको सम्झनामा ललितपुर स्पोर्टस् क्लबले प्रतियोगिता आयोजना गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप