बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना मृत फेला

शनिबार, २६ भदौ २०७८, १८ : ०५
शनिबार, २६ भदौ २०७८

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित खुला खोरमा राखिएको एउटा अर्ना मृत अवस्थामा फेला परेको छ । मृत्युको कारण खुल्न सकेको छैन । निकुञ्जले आज जारी गरेको सूचनामा शुक्रबार पोथी बयस्क अर्ना मृत फेला परेको उल्लेख छ । सोही  खोरमा अन्दाजी दुई दिन अगाडि जन्मिएको अर्नासमेत  फेला परेको छ । 

खोरमा १२ अर्ना थिए । यस  निकुञ्जमा १२ कोशी टप्पु वन्यजन्तु आरक्षबाट र ३ चिडियाखानाबाट स्थानान्तरण गरी जम्मा १५ वटा अर्ना ल्याइएको  थियो । यहाँ ल्याएपछि ७ वटा बच्चा जन्मिएका छन् । विभिन्न कारणले १० अर्ना  मरेका कारण १२ वटा अर्ना मात्र बांँकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप