गण्डकीमा ११० जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परीक्षण गरिएकामा ११० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ४३ महिला र ६७ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ४५, स्याङ्जा ५, म्यादी १८, गोरखा १३, लमजुङ २, तनहुँमा ७ र नवलपुरमा २० जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ३०९ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा पोखरा–५ की ५२ वर्षीय महिला, पोखरा–१५ की ८७ वर्षीय महिला, पोखरा–२१ क ७० वर्षीय पुरुष र नवलपरासी पूर्व, कावासोती–३ की ६० वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३१ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार २७५ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७०३ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या