गुजरातका मुख्यमन्त्रीद्वारा राजीनामा

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले चुनावभन्दा एक वर्षअघि नै अचानक राजीनामा दिएका छन् । मिडियासँगको कुराकानीमा उनले पार्टीमा समयसँगै दायित्व पनि बदल्ने बताउँदै भारतीय जनता पार्टीमा यो स्वाभाविक प्रक्रिया भएको बताए ।
उनका अनुसार पार्टीले उनलाई ५ वर्षका लागि मुख्यमन्त्रीको जिम्मेवारी दिएको र आफूले त्यो पुरा गरेको बताए । ‘अब मलाई जे जिम्मेवारी मिल्छ त्यो नै निर्वाह गर्नेछु । हामी पद होइन जिम्मेवारी भन्छौँ,’ उनले भने, ‘मलाई जे जिम्मेवारी मिलेको छ, त्यो मैले पुरा गरेको छु ।’
रुपाणीले २६ डिसेम्बर २०१७ मा दोस्रोपटक गुजरातको मुख्यमन्त्रीका रूपमा शपथ लिएका थिए । भाजपाले गुजरातमा १८२ सिटमध्ये ९९ मा जीत हासिल गर्दै बहुमत प्राप्त गरेको थियो । विधानमन्डल दलको बैठकमा रुपाणी विधायक दलको नेता र नितिन पटेल उपनेता चुनिएका थिए ।
पछिल्लो केही दिनदेखि गुजरातमा सरकार परिवर्तनको चर्चा चलिरहेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार राति ८ बजे अचानक अहमदाबाद पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनामा काम गर्ने प्रथम नेपाली महिला ज्ञानी शाह को हुन् ?
-
‘२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ’
-
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
-
प्रसिद्धको शानदार बलिङबिच दिल्लीद्वारा २ सय ४ रनको लक्ष्य प्रस्तुत
-
ट्रम्पलाई अदालतको झट्का : दुई भेनेजुएली नागिरकको देश निकालामा अस्थायी रोक
-
संक्रमणकालीन न्यायाबारे शीर्ष तीन दलबिच छलफल