शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रितम र जिग्मेको स्वरमा ‘हाम्रो माया’ सार्वजनिक

शनिबार, २६ भदौ २०७८, १५ : ४३
शनिबार, २६ भदौ २०७८

गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर रहेको छ भने संगीत भने अजय कार्कीको संगीत रहेको छ ।

भारतीय रियालिटी शो सारेगमपमा सेकेण्ड रनरअप भएका आचार्य र ‘तिम्ले बाटो फे–यौ अरे’को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले नै यस गीतको भिडियोमा मोडलिङ गरेका छन् । ‘तिम्ले बाटो फे–यौ अरे’ गीत पनि स्वयं राईकै रहेको छ ।

गायक आचार्यले गीत गाउनुको साथै मोडलिङ पनि गर्दा फरक अनुभूति रहेको बताए । उनले भने, ‘मोडलिङ पनि गर्दा फरक अनुभूति भयो । गीत पनि मीठो भएकाले मोडलिङ पनि गर्दा अन्य गीतभन्दा फरक अनुभूति भयो । निर्देशक तथा गीतकार राईले पनि निर्देशन समेत गर्दा गीतको मर्मलाई अझैं राम्रोसँग देखाउन सकेको बताए । उनले भने, ‘निर्देशन पनि आफैंले गर्दा गीतको मर्म र अर्थलाई झनै राम्रोसँग देखाउन सकेको झैं लाग्छ ।’

विनय कार्कीको मिक्सिङ रहेको गीतको रेकर्डिङ ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको हो । अनिल के मानन्धरले खिचेको भिडियोको एडिटिङ मनोज कार्कीले गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप