शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रियल, बार्सिलोना र युभेन्टस्ले च्याम्पियन्स लिग नखेलेपनि फरक पर्दैन : युईएफए अध्यक्ष

शनिबार, २६ भदौ २०७८, १५ : २९
शनिबार, २६ भदौ २०७८

रियल म्याड्रिड, बार्सिलोना र युभेन्टस्ले च्याम्पियन्स लिग नखेल्ने निर्णय लिए पनि समस्या नहुने युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएका अध्यक्ष अलेक्स्यान्दर केफेरिनले बताएका छन् । युरोपेली सुपर लिग नामक नयाँ लिग गठन गर्ने र यस सिजन च्याम्पियन्स लिग पनि खेल्ने यी तीन क्लबहरूको निर्णय आफूले बुझ्न नसकेको उनले बताए । ‘उनीहरूले छाडे पनि म माइन्ड गर्नेछैन,’ उनले भने, ‘उनीहरू नयाँ प्रतियोगिता सुरु गर्न चाहन्छन् र यही समय यस सिजन च्याम्पियन्स लिग पनि खेल्न चाहन्छन् । यो निकै हास्यास्पद छ ।’

उनले रियल, बार्सा र युभेन्टस्का अध्यक्षहरूले फुटबललाई मार्न चाहेको बताए । ‘यी तीन क्लबमा निरर्थक नेतृत्व छन् । फियोरेन्टिनो पेरेज, जोआन लापोर्टा र आन्द्रे एज्निल्लीले फुटबललाई मार्ने प्रयास गरेका छन्,’ केफेरिनले भने । रियलका अध्यक्ष फियोरेन्टिनाको पेरेजले किलियान एमबाप्पेलाई पिएसजीबाट भित्र्याउन गरेको असफल प्रयासको उदाहरण दिँदै केफेरिनले उनको आलोचना गरे । ‘उनी युईएफएको आलोचना गरिरहेका छन् र सुपर लिग गर्न सकेमात्रै क्लब बाँच्न सक्ने बताइरहेका छन् । तर, यही समय किलियन एमबाप्पेलाई १८ करोड युरो तिरेर भित्र्याउने प्रयास पनि उनले गरे ।’

उनले फाइनान्सियल फेयर प्ले नियममा पनि केही संशोधन गरिने बताए । ‘हामी भविष्यमा फाइनान्सियल फेयर प्लेभन्दा पनि प्रतिस्पर्धात्मक सन्तुलनबारे कुरा गर्न चाहन्छौँ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप