१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो
शनिबार, २६ भदौ २०७८, १५ : ०८
![१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो](https://rpcdn.ratopati.com/media/albums/cristiano-ronaldo-manchester-united-gfx_17ks6jv7p90ig1lv201p1nvhwm_IyMOMbltvt.jpeg)
क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ । म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् ।
तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । ३६ वर्षका रोनाल्डोले २००३ देखि २००९ सम्म पनि म्यानचेस्टरबाट खेलेका थिए । त्यसक्रममा उनले तीनपटक प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डोले आफ्नो करियरको पहिलो बेलोन डि’ अर अवार्ड म्यानचेस्टरमै छँदा जितेका थिए । रोनाल्डोले युनाइटेडमा १ सय ९६ खेलमा ८४ गोल गरे । त्यसपछि उनले ९ वर्ष रियल म्याड्रिड र पछिल्ला तीन वर्ष युभेन्टस्मा बिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सबैको नजर उपेन्द्रतर्फ, महन्थ ठाकुर पनि छैनन् सन्तुष्ट
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गरेको आरोपमा थप १ जना पक्राउ
-
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने ३ जनालाई धरौटीमा छाड्न आदेश
-
बीमक संघमा नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा बैदवार
-
संघीय सरकारले समानिकरणको अनुदान रकम नपठाउँदा प्रदेशलाई आर्थिक भार थपियो : मुख्यमन्त्री आचार्य
-
भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित