मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षपछि म्यानचेस्टरको जर्सीमा मैदान उत्रिँदै रोनाल्डो

शनिबार, २६ भदौ २०७८, १५ : ०८
शनिबार, २६ भदौ २०७८

क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका छन् । र, उनले आज प्रिमियर लिगमा डेब्यु गर्ने अपेक्षा गरिएको छ ।  म्यानचेस्टरले आज न्युक्यासल युनाइटेडको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ । कतिपयले रोनाल्डोको डेब्यु च्याम्पियन्स लिगमार्फत पनि हुनसक्ने अड्कल लगाएका छन् । 

तीन दिनपछि च्याम्पियन्स लिगमा म्यानचेस्टरले योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्दैछ । ३६ वर्षका रोनाल्डोले २००३ देखि २००९ सम्म पनि म्यानचेस्टरबाट खेलेका थिए । त्यसक्रममा उनले तीनपटक प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डोले आफ्नो करियरको पहिलो बेलोन डि’ अर अवार्ड म्यानचेस्टरमै छँदा जितेका थिए । रोनाल्डोले युनाइटेडमा १ सय ९६ खेलमा ८४ गोल गरे । त्यसपछि उनले ९ वर्ष रियल म्याड्रिड र पछिल्ला तीन वर्ष युभेन्टस्मा बिताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप