नेपाल जियोटेक्निकल सोसाइटीले फोटो प्रतियोगिता आयोजना गर्दै
यही असोज १ गते हुन गइरहेको नवौं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले राष्ट्रव्यापी फोटो प्रतियोगिता आह्वान गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा समग्र इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, अझ विशेषगरी सिभिल इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, जियोटेक्निकल इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, जियोलोजी र इन्जिनियरिङ जियोलोजीका विद्यार्थी-प्रोफेसनल एवं भू-विज्ञानमा रुचि राख्ने सम्पूर्ण अध्ययन-अनुसन्धानकर्ताले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता‘विपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि विज्ञान-प्रविधि’ भन्ने मुल विषयवस्तुमा आधारित रहेर ३५ वर्ष उमेर ननाघेकाहरूलाई लक्षित गरिएको छ ।
प्रतियोगिताका प्रथम विजेताले रु. २० हजार, द्वितीयले रु. १२ हजार ५ सय, तृतीयले रु. ७ हजार ५ सय र सान्त्वना स्वरुप २ जनाले रु. ५ / ५ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सन् २०२२ मा हुन गइरहेको इन्टरनेश्नल कन्फरेन्स एवं सोही वर्ष प्रकाशित हुने स्मारिकामा समेत फिचर गरिनेछ । यसैगरी, सहभागी सबैलाई प्रशंसा पत्र सहितको सहभागिता प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगितामा सहभागी हुन यही भदौ ३१ गते विहीबार साँझ ७ बजेसम्म फोटो पठाइसक्नु पर्नेछ ।
फोटो प्रतियोगितामा निम्नानुसारको विषयवस्तुमा आधारित फोटोहरू पठाएर रहेर सहभागी हुन सकिनेछः
- भू-विपद् एवं जियोटेक्निकल इन्जिनियरिङ संरचनाहरू (Geohazards and Geotechnical Engineering Structures)
- भू-विपद् प्रतिरोधी संरचनाहरू (Geodisaster-resilient Infrastructures)
- इन्जिनियरिङ जियोलोजी (Engineering Geology)
- भू-विपद् अध्ययन (Geohazard investigation)
- भू-जोखिम न्यूनिकरण (Geodisaster mitigation)
- भू-जोखिम न्यूनिकरणका लागि आधुनिक प्रविधि (Innovative technology for geodisaster mitigation)
प्रतियोगिताका लागि पठाइने फोटो सन २०१५ देखि यता खिचिएको हुनु पर्नेछ ।
फोटो प्रतियोगिताबारे अन्य विस्तृत जानकारी सहितको फोटो पठाउने ठेगानाः
प्रतियोगिताको नतिजा नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को फेसबुक पेज तथा वेबसाइटबाट सार्वजनिक गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’