बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बिरामीलाई भत्ता दिने सरकारको निर्णयको पूर्व स्वास्थ्यमन्त्री बोहराद्वारा स्वागत

शनिबार, २६ भदौ २०७८, १४ : ५८
शनिबार, २६ भदौ २०७८

वर्तमान सरकारले क्यान्सर, मिर्गौला र गम्भीर मेरुदण्ड पक्षघात भएका बिरामीलाई मासिक पाँच हजार दिने निर्णयको  पूर्व स्वास्थ्य मन्त्री  तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले स्वागत गरेका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेकोमा आफू अत्यन्तै हर्षित भएको बताएका हुन् ।

विज्ञप्तिमा  पूर्व मन्त्री बोहराले भनेका छन्, वर्तमान सरकारसँग सो जनमुखी निर्णयको बारेमा निरन्तर परामर्शपश्चात् सरकारले क्यान्सर, मिर्गौला रोग र गम्भीर मेरुदण्ड पश्चात् बिरामीहरुलाई मासिक पाँच हजार भत्ता दिने पुनः निर्णय गरेकोमा प्रधानमन्त्री र वर्तमान सरकारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा स्वास्थ्य मन्त्रीको हैसियतले आफूले २०७४ पुस १३ गते दीर्घ रोगीलाई मासिक पाँच हजार भत्ता दिने जनमुखी निर्णय गरिसकेको बताए । तर, २०७४ सालको आम निर्वाचन पछि बनेको सरकारले उक्त जनमुखी निर्णयलाई खारेज गरेको बोहराको  जारी विज्ञप्तिमा उल्लेख छ ।

दीर्घ रोगको बिरामीहरूलाई प्रदान गरिने भत्ता सुर्तीजन्य वस्तुबाट उठेको करको सञ्चित रकमबाट वितरण गर्ने गरी सरकारलाई कुनै व्ययभार नपर्ने व्यवस्था मिलाइएको र सो रोगहरूबाट प्रभावित नेपाली नागरिक अत्यन्तै हर्षित रहेको उनको  ठहर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप