शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

मुलकोटमा दिगोको चार्जिङ स्टेसन

शनिबार, २६ भदौ २०७८, १४ : ५२
शनिबार, २६ भदौ २०७८

दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ ।

यो चार्जरले बिपी राजमार्गमा चल्ने विद्युतीय सवारी साधनलाई सेवा दिनेछ । उक्त रुटमा विद्युतीय सवारी साधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने नेपाल विद्युत प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापामगर उपस्थित थिए ।

साथै कार्यक्रममा रोयल बिजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरु र सो क्षेत्रका समाजसेवी  तथा यातायात व्यवसायीहरुको पनि उपस्थिति थियो । दिगो ग्रुप अन्तर्गतको इलेक्ट्रिक भेहिकलका प्रमुख कार्यकारी अधिकृत दिपक थापाले प्राधिकरण शाखा प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवं व्यवसायी तथा होटेल सञ्चालक रामहरि पौडेलले संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरे ।

अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रोबसहरु सञ्चालनमा रहेका छन् । डिफएसके ब्रान्डको सो विद्युतीय सवारी साधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो । मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटल परिसरमा जडान गरिएको छ ।

यात्रुहरुले होटलमा खाना÷खाजा खाँदै गर्दा सवारी साधन चार्ज गर्न सक्नेछन् । फास्ट चार्जरले विद्युतीय माइक्रो बसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ । दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको बताएको छ ।

निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ । दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो । यसले विद्युतीय सवारी साधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्न सक्ने बनाउने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप