किशोरी बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ
शनिबार, २६ भदौ २०७८, १४ : ४३
![किशोरी बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest_pakrau_jail_cartoon_XlGNwXpRtW.jpg)
दाङ प्रहरीले एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना युवकलाई पक्राउ गरेको छ । नाच हेरेर घर फर्कँदै गरेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ पर्नेमा जिल्लाको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्दी र २० वर्षीय याम बहादुर मास्की रहेका छन् ।
उनीहरुमाथि तीजको दरखाने दिन राती नाच हेरेर घर फकर्दै गरेकी १८ वर्षीया किशोरीमाथि सामूहिक करणी गरेको आरोप लागेको छ । पीडित युवतीको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भैरहेको रिजालले बताए ।