दिवंगत राणा जसले नेपालमा बहुराष्ट्रिय कम्पनी डाबर भित्र्याएका थिए
नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्मशमशेर राणाको निधन भएको छ । उनले शुक्रबार राति ९ः ४५ बजे निधन भएको हो । व्यवसायी तथा भारतका लागि नेपालका राजदूत समेत रहेका रुक्मशमशेर राणाले नेपालमा बहुराष्ट्रिय कम्पनी डाबर भित्र्याएका थिए । उनले नेपालमा सन् १९९० मा बहुराष्ट्रिय कम्पनी डाबर स्थापना गरेका थिए । यो कम्पनीले नेपालमा १९९२ देखि उत्पादन थालेको थियो ।
‘डाबर नेपाल’ स्थापना भएपछि राणा कम्पनीको नेपालको प्रबन्ध निर्देशक समेत भएका थिए । ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका राणा नेपाल भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन् । हाल डाबर नेपालका उत्पादनहरु नेपालसहित भारतमा समेत कारोबार हुँदै आएको छ । स्थापनाको सुरुवाती वर्षमा कम्पनीले वार्षिक ५३ लाखको कारोबार गरेको थियो । हाल डाबर नेपालले वार्षिक १० अर्बभन्दा बढीको व्यापार गर्दै आएको छ ।
राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण शम्शेर निर्वासनमा रहेका बेला सन् १९३६ मा कोलकातामा राणाको जन्म भएकी थियो । राणाले कोलकाताबाट इतिहासबारे स्नातकोत्तर गरेका थिए । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी निभाइसकेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?