मनाङमा निमित्त प्रशासकीय अधिकृत नियुक्तिमा विवाद
सरकार परिवर्तन भएपछि कर्मचारी सरुवा तथा बढुवा गरिएको छ । यसले यहाँ समस्या सिर्जना भएको छ । जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । प्रशासकीय अधिकृतविहीन अवस्थामा कामकारबाही अगाडि बढाउन निमित्त प्रमुख प्रशासकीय अधिकृत कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको हो ।
प्रमुख प्रशासकीय अधिृकत सरुवा भएपछि ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नियुक्तिमा विवाद भएको छ । अन्य स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भएपछि पदीय हिसाबबाट निमित्त प्रमुख प्रशासकीयको रूपमा कार्य तथा हाजिरी गराइएको भए पनि गाउँपालिकामा विवाद भएको छ । निवर्तमान अधिकृत दीपक ढकाल सरुवा भएर जानु भएपछि आएका निमित्त प्रशासकीय अधिकृत विवादमा मुछिएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ २० मा अधिकृतस्तर छैटौँ तहका जनस्वास्थ्य निरीक्षक नारायण यादवलाई जिम्मेवारी सुम्पेको पत्र पठाएको छ । प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्म सम्पूर्ण आर्थिक र प्रशासनिक जिम्मेवारी यादवलाई सुम्पिएको छ ।
प्राविधिकलाई प्रशासनको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका जनप्रतिनिधि र अन्य फाँटका कर्मचारी नै असन्तुष्ट भएका छन् । ढकाल सरुवा हुने भएपछि गाउँपालिका अध्यक्ष कान्छा घलेको अध्यक्षतामा बैठक बसी यादवलाई जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठाइएको थियो । उक्त बैठकको माइन्युट नै फर्जी रहेको वडा नं ५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउँछन् । सधैँ उठाउने माइन्युटमा नै नभएको निर्णयमा घरघरै गएर हस्ताक्षर गरेर मन्त्रालय पठाइएको उनले आरोप लगाए ।
उक्त निर्णयमा निवर्तमान प्रशासकीय अधिकृत ढकालसहित गाउँपालिका उपाध्यक्ष, पाँच वडाध्यक्ष र एक कार्यपालिका सदस्यले हस्ताक्षर गरेका छैनन् । यसले झनै मिलेमतोमा निमित्त अधिकृत नियुक्त गरिएको खुलासा भएको जनप्रतिनिधिले आरोप लगाएका छन् ।
स्वास्थ्य क्षेत्र (प्राविधिक शाखा)मा कार्यरत कर्मचारी प्रशासन शाखामा नियुक्त हुँदा पालिकाको काममा असर पर्ने भन्दै उनीहरु असन्तुष्ट बनेका हुन् । लामो समयदेखि प्रशासन शाखामै उनीभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई नजरअन्दाज गरेर उनलाई नियुक्त गरिनु उपयुक्त नभएको कर्मचारीको भनाइ छ ।
अध्यक्ष घलेले दुवै जनाको नाम सिफारिस गरेर मन्त्रालयमा पठाएको बताए । तीमध्ये यादवलाई मन्त्रालयले जिम्मेवारी सुम्पिने गरी पत्र पठाएको उनले जानकारी दिनुभयो । मन्त्रालयले चिठ्ठी पठाएपछि अब पौडेलको निमित्त प्रशासकीय अधिकृतको बाटो रोकिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान