शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राणाको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

शनिबार, २६ भदौ २०७८, १० : ५२
शनिबार, २६ भदौ २०७८

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजदूत रुक़्मशमशेर राणाको निधनप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । शनिबार बिहान राणा निवास बत्तीसपुतली पुगेर प्रधानमन्त्री देउवाले उनीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

दिवंगत राणाप्रति कांग्रेस महामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतले श्रद्धाञ्जली दिएका छन् । राणा नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका कान्छा छोरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप