आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरी महाशाखालाई नाडाले दियो जनचेतना फैलाउने सामग्री

शनिबार, २६ भदौ २०७८, १० : ३०
शनिबार, २६ भदौ २०७८

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना फैलाउने सामग्री हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महाशाखालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । 

उनले एक कार्यक्रमका बीच त्रिपुरेश्वर चोकमा ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई ती सामाग्री बुझाए । नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार मास्क, २०० थान ‘तपाईको मास्क खोइ ?’ ब्यानर र २०० थान ‘ट्राफिक नियमको पालना गरौं’ लेखिएको ब्यानर दिएको हो ।

उक्त अवसरमा सो जनचेतनामूलक स्टिकर तथा पर्चाहरू सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप