बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महिनाव्यापी रूपमा मनाइँदै विश्व खाद्य दिवस

शनिबार, २६ भदौ २०७८, ०८ : ५८
शनिबार, २६ भदौ २०७८

नेपालले महिनाव्यापी रूपमा विश्व खाद्य दिवस मनाउने भएको छ ।  विश्वव्यापी रूपमा अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवसलाई नेपालमा महिनाव्यापी रूपमा मनाउन सुरु गरेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जानकारी दिए ।

विश्व खाद्य सम्मेलन दिवसलाई नेपालको चाडबाडको मितिलाई ख्याल गर्दै महिनाव्यापी दिवसको कार्यक्रम तालिका बनाएर मनाउन थालिएको उनले जनाए ।

खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी सङ्घसंस्थाले संयुक्त रूपमा कार्यक्रम मनाउने भएका हुन् । विगत पाँच वर्षदेखि यसैगरी कार्यक्रम मनाइँदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रूपमा मनाउने तयारी गरिएको अभियानले जनाएको छ ।

‘हाम्रो पहल ः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण’ भन्ने नारासहित मनाउन थालिएको यो वर्षको दिवस ४१ औँ शृङ्खला हो । विभिन्न १७ वटा कार्यक्रममध्ये सातवटा कार्यक्रम सङ्घीय तहमा नीतिगत बहसमा केन्द्रित हुने छन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको अभियानका सदस्य संस्था फियान नेपालकी प्रतिनिधि लक्ष्मी गुरुङले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप