एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बैठक बस्न लागेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुने एजेण्डा छ ।
एमालेले असोज ४, ५ र ६ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । एमालेले त्यसका लागि विधान संशोधनको मस्यौदा तल्लो कमिटीमा पठाएको थियो । तल्लो कमिटीले विधान संशोधनका सन्दर्भमा सुझाव पठाइसकेको उनको भनाइ छ ।
यस्तै आजको बैठकमा संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।
सभामुख अग्नि सापकोटाले आफ्नो पार्टी फुटाउन‘भूमिका खेलेको भन्दै भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले लगातार अवरोध गर्दै आएको छ । तर एमालेको अवरोधका बीच सभामुख सापकोटाले संसदको काम कारबाही अगाडि बढाएका छन् ।
स्थायी कमिटी बैठकले यसबारे गम्भीर समिक्षा गरेर अगामी रणनीति बनाउने तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म