शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘न्यूड फोटोशुट’ गराउँदै गहना वशिष्ठले भनिन्, ‘न म नशामा छु, न मेरो शोषण भएको छ’

शनिबार, २६ भदौ २०७८, ०७ : ४१
शनिबार, २६ भदौ २०७८

भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पोर्न फिल्म निर्माण र प्रशारण गरेको अभियोगमा पक्राउ परे । उनलाई मुम्बईको अपराध शाखाले पोनोग्राफी प्रकरणमा पक्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्रकरणमा मुछिएका छन्  । 

यसै प्रकरणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् । 

उनले फोटोशुटको क्रममा न कुनै मादक पदार्थ पिएको न यौन शोषण भएको बताइन् । उनले फोटोशुटको पारिश्रमिक पनि समयमा नै पाएको बताइन् । उनले उक्त फोटोशुटको क्रममा करिब २० जना व्यक्तिहरु भएको र उनीमाथि कुनै प्रकारको शोषण नभएको बताइन् । 

उनले लेखेकी छन्, ‘मैले सेटमा कुनै पनि प्रकारको जुस पिएकी थिइन । म पूरै होशमा थिएँ । म अटोमार्फत सेटमा गएँ र अटोमा नै फर्किएँ । मलाई मेरो पारिश्रमिक पनि दिइयो ।’

उनले अगाडि लेखेकी छन्, ‘सबैभन्दा बढी जरुरी कुरा म १८ वर्षभन्दा बढीको साधारण कलाकार हुँ । त्यसैले मेरो बिन्ती छ कि डेढ वर्षपछि मेरा कुनै पनि निर्मातामाथि धारा ३७०, ३७६ र ३५४ नलगाउनुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप