शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

परिमार्जित बजेट : आकारदेखि लक्ष्यसम्म परिवर्तन !

शुक्रबार, २५ भदौ २०७८, २३ : १६
शुक्रबार, २५ भदौ २०७८

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आज संघीय संसदमार्फत सार्वजनिक गरेका परिमार्जित बजेट (अर्थसम्बन्धी प्रतिस्थापन विधेयक) का अंकमा व्यापक हेरफेर गरेका छन् । 
पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । वर्तमान अर्थमन्त्री शर्माले आफ्ना पूर्ववर्ती सरकारले भन्दा १४ अर्ब ७४ करोड कम आकारको बजेट प्रस्तुत गरेका छन् । 
चालु खर्चतर्फ अघिल्ला अर्थमन्त्रीले ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेका थिए । अहिलेका अर्थमन्त्रीले ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेका छन् । यो पहिले विनियोजित गरिएको भन्दा ६२ अर्ब कम हो । 
अर्थमन्त्री शर्माले पूँजीगत खर्च भने ३ अर्ब ८४ करोड रुपैयाँ बढाएका छन् । वित्तीय व्यवस्थापनमा १८ अर्ब ५३ करोड रुपैयाँ घटाएका छन् । राजस्वतर्फ पूर्ववर्ती सरकारले राखेको लक्ष्यभन्दा २५ अर्ब ९२ करोड रुपैयाँ थप उठाउने जनाएका छन् । 
अहिलेका अर्थमन्त्रीले वैदेशिक ऋण लिने पूर्ववर्ती सरकारको लक्ष्य पनि २६ अर्ब २० करोड रुपैयाँले घटाएका छन् । वैदेशिक अनुदान पहिलेको सरकारले तोकेको भन्दा ३ अर्ब ४५ करोड रुपैयाँले कटौती गरेका छन् । आन्तरिक ऋण उठाउने लक्ष्य पनि २१ अर्ब रुपैयाँले घटाएका छन् । 
बजेटको अंक घटाएपनि सरकारले आर्थिक वृद्धिदर लक्ष्य भने बढाएको छ । पहिलेको सरकारले ६.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य राखेकोमा वर्तमान सरकारले ७ प्रतिशत तोकेको छ । 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप