आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

सन्दिप लामिछानेको घातक बलिङसामु पीएनजी निरीह, नेपालको सानदार जित

शुक्रबार, २५ भदौ २०७८, २२ : ३६
शुक्रबार, २५ भदौ २०७८

नेपाली बलर सन्दिप लामिछानेको घातक बलिङसामु पपुवा न्यूगिनी(पीएनजी) को टोली निरीह बन्न पुगेको छ । ओमानमा शुक्रबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले सानदार जित हासिल गर्दा सन्दिप लामिछाने एक्लैले ६ विकेट लिए । ५.१ ओभर बलिङ गरेका उनले मात्र ११ रन दिएर ६ विकेट लिएका हुन् ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेक सन्दिप नै  म्यान अफ द म्याच बन्न सफल भएका छन् । 
१५१ रनको सानदार जित निकाल्न सफल भएसँगै नेपाल दुबै श्रृङ्खला कब्जा गर्न  पनिसफल भयो । यसअघि पनि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । 

आजको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउने क्रममा पपुवान्युगिनी ८२ रनमा अलआउट हुन पुगेको हो ।  १९.१ ओभरको खेल खेल्दाखेल्दै पपुवान्युगिनी अलआउट हुन पुगेको हो । 
 सन्दिप बाहेक आजको खेलमा सोमपाल कामी, विक्रम सोब, र सुशन भारीले पनि १–१ विकेट लिए ।

आजको  डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको थियो ।   नेपालका लागि रोहितकुमार पौडेलले ८६ रनको योगदान दिए । सो क्रममा उनले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हाने । यसैगरी केसीले २६ बलमा ४२ रन बनाए ।  

यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप