शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा ‘लिभिङ म्युजियम’ बनाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

शुक्रबार, २५ भदौ २०७८, २२ : १८
शुक्रबार, २५ भदौ २०७८

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुरको भाषा एवं संस्कृतिको संरक्षण गर्दै यहाँको पर्यटन प्रवद्र्धनका लागि ‘लिभिङ म्युजियम’ (जीवित सङ्ग्रहालय) बनाउनुपर्ने बताएकी छन् । ज्यापू समाज यल (ललितपुर) को २८ औँ वार्षिक साधारणसभा एवं १०औँ अधिवेशनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले ललितपुरका जनताले कला संस्कृतिलाई संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसलाई निरन्तर कायम राख्दै लैजानुपर्ने बताए । उनले कला संस्कृतिको संरक्षण गरेर सिङ्गो ललितपुर पर्यटन क्षेत्रका रूपमा विकास गरेर जनताको जीवनस्तरलाई उकास्न सकिने विश्वास व्यक्त गरे ।

नेपालको नेवा: संस्कृति सम्पन्न र समृद्ध रहेको उल्लेख गर्दै उनले आफ्नो भाषा, कला एवं साहित्यलाई केन्द्रमा राखेर स्थापना भएको ज्यापु समाज यलका संस्थापकदेखि नेतृत्व गर्ने सबैलाई आभार व्यक्त गरे । मन्त्री भुसालले भाषा, कला र सम्पदा संरक्षणमा सबै रूपमा गर्व गर्न लायक समाजको सम्मान गर्नुपर्ने बताए ।

ज्यापु समाज भवन, आनन्त निकेतन, संस्कृति सम्पदाको संरक्षणमा बढावा दिएर भाषा संस्कृतिका हिसाबले आफूले यस संस्थासँग अभिन्न अङ्ग भएको उल्लेख गर्दै उनले यलको सम्पूर्ण गतिविधिमा ऐक्यबद्धता व्यक्त गरे । सो अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान गर्ने समाजका सदस्यालाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप