बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ओडीआई–नेपालले दिएको लक्ष्य भेट्टाउने क्रममा पपुवा न्युगिनीको ५ विकेट पतन

शुक्रबार, २५ भदौ २०७८, २२ : ०१
शुक्रबार, २५ भदौ २०७८

दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरिएको छ ।  नेपालले जितका लागि दिएको २३४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पपुवा न्यूगिनीको ५ विकेट पतन भइसकेको छ भने १५ ओभरको खेल सकिँदा ६४ रन बनाएर खेलिरहेको छ ।  पपुवा न्यूगिनीको ब्याटिङ ध्वस्त बनाउने क्रममा सन्दिप लामिछानेले दुई विकेट लिइसकेका छन् । 

 ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेल भएका हो ।   टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकासेका थिए। पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिए । यस्तै केसीले २६ बलमा ४२ रन बनाए । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप