प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण

person explore access_timeभदौ २५, २०७८ chat_bubble_outline0

पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२० मध्ये विराटनगरमा ५०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा पाँच, इलाम र सङ्खुवासभामा दुई दुई, ताप्लेजुङ, खोटाङ र उदयपुरमा एक एक र प्रदेश  बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको हो । 

प्रदेशमा आजै ४२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक माहिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।