खोप र अक्सिजन उद्योगलाई ३ वर्षसम्म सतप्रतिशत कर छुट
शुक्रबार, २५ भदौ २०७८, १९ : ०५
शेरबहादुर देउवा सरकारले स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । आज प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको संशोधित बजेटले यस्तो नीति लिएको हो ।
बजेटमार्फत स्वास्थ्य खोप र अक्सिजन उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले ३ वर्षसम्म सतप्रतिशत कर छुट दिने व्यवस्था गरेको छ । यस्तै, बजेटले स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई पनि सोही प्रकारको छुट दिने व्यवस्था गरेको जानकारी दिएको छ ।
३ वर्ष पूर्ण कर छुटपछिको थप २ वर्षसम्म ५० प्रतिशत कर छुटको व्यवस्था गरेको अर्थमन्त्री शर्माले घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान