शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

२०७६ सम्म नवीकरण नभएका कम्पनीलाई  छुट योजना

शुक्रबार, २५ भदौ २०७८, १९ : ०४
शुक्रबार, २५ भदौ २०७८


सरकारले आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका र नवीकरण नगरेका कम्पनी तथा फर्मलाई सम्पर्कमा ल्याउने प्रयास गरेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को परिमार्जित बजेटमार्फत सरकारले सम्पर्कमा ल्याउने प्रयास गरेको हो ।

बजेटको व्यवस्था अनुसार कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार विवरण नबुझाएका उद्योगले यो वर्षको पुस मसान्तसम्ममा विवरण र शूल्क बुझाउनु पर्ने छ । उक्त अवधिमा विवरण र शूल्क बुझाएमा जरिवानाको ५ प्रतिशत रकम बुझाएमा बाँकी शूल्क तथा जरिवाना मिनाहा गर्ने बजेटमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप