आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमालेको कैलाली जिल्ला समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित

शुक्रबार, २५ भदौ २०७८, १९ : ००
शुक्रबार, २५ भदौ २०७८

नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षले गठन गरेको एमालेको कैलाली जिल्लास्तरीय समानान्तर कमिटी नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको छ ।

नेकपा एमालेभित्र शक्ति संघर्षका क्रममा गठन गरिएको समानान्तर कमिटी शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएको हो । धनगढीमा बसेको एमाले समानान्तर कमिटीको बैठकले सो कमिटीलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा परिणत गर्ने निर्णय गरेको कमिटीका सचिव बिमल जोशीले रातोपाटीलाई जानकारी दिए ।

एमालेका निर्वाचित जिल्ला अध्यक्ष दीर्घ सोडारी नेतृत्वको १५१ सदस्यीय समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको उनले बताए । एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित उपाध्यक्ष, सचिव र उपसचिव भने एमालेमै छन् ।

नेकपा एमालेको ९६ सदस्यीय जिल्ला कमिटीमध्ये ५६ जना नेकपा एकीकृत समाजवादीमा आएको जोशीको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीको पहिलो बैठकसमेत शुक्रबार नै बसेको छ । केन्द्रीय सदस्य माया भट्टको प्रमुख अतिथ्यमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले कैलालीका स्थानीय तह र प्रदेशमा नेकपा एकीकृत समाजवादीलाई पहिलो पार्टी बनाउन पुराना र नयाँ साथीहरुको सहयोगको आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप