गण्डकीमा ११५ जनामा कोरोना संक्रमण, थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११ जनाको नमुना परिक्षण गरिएकामा ११५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ महिला र ६४ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार कास्की ८१, स्याङ्जा ४, म्यादी ७, पर्वत २, गोरखा १, लमजुङ ६, तनहुँमा ९ र नवलपुरमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार १९९ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा पोखरा–१३ ४१ बर्षिय महिला, कास्कीको अन्नपूर्ण गाउँपालिका– २ का ८६ वर्षीय पुरुष, तनहुँ ब्यास –१४ की ७० वर्षीय महिला र स्याङजा भिरकोट–९ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३२७ पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४२ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ८३० पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते