शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई सस्तोमा खाना खुवाउने सरकारको घोषणा

शुक्रबार, २५ भदौ २०७८, २२ : ५१
शुक्रबार, २५ भदौ २०७८

सरकारले काठमाडौंका १० स्थानमा विपन्न नागरिकलाई खाना खुवाउने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । 

त्यसरी खाना खुवाउन सरकारले सामाजिक संस्थाहरूसँग सहकार्य गर्ने जनाइएको छ । 

अर्थमन्त्री शर्माले भने, ‘शहरी विपन्न नागरिकहरूको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाण्डौ उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ।’
 
उच्च हिमाली क्षेत्रमा छरिएर रहेका घर परिवारलाई एकीकृत बस्तीको रूपमा विकास गर्दै जान नमुना एकीकृत बस्ती निर्माणको प्रारम्भ गरिने पनि सरकारले घोषणा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप