मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती

शुक्रबार, २५ भदौ २०७८, १७ : २२
शुक्रबार, २५ भदौ २०७८

सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन् । 

बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ ।
यसरी कटौती गर्दा तत्काल ५ अर्ब रुपैयाँ बचत हुने देखिएको अर्थमन्त्रीले दाबी गरेका छन् । यो रकमबाट कोभिड–१० विरुद्धको खोप खरिद गर्ने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप