शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी पुन: चैतभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा

शुक्रबार, २५ भदौ २०७८, २२ : ५४
शुक्रबार, २५ भदौ २०७८

सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन: काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । 

‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने । 

गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले यस्तो घोषणा गरेको हो।  

सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापना कार्यक्रमका लागि समेत बजेट छुट्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप