शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक भदौ २७ गतेसम्मका लागि स्थगित

शुक्रबार, २५ भदौ २०७८, १६ : २३
शुक्रबार, २५ भदौ २०७८

प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ । एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले  आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । 

एमालेको अवरोधका बीच आजको बैठक तीन पटक स्थगित गर्दै सञ्चालन गरिएको थियो । 

त्यसपछि सभामुख अग्नि सापकोटाले बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप