बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो ।
प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले तीनवटै अध्यादेश अस्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । सुवालको प्रस्तावलाई बहुमतले अस्वीकृत गर्दै अर्थमन्त्रीका प्रस्ताव स्वीकृत भएको सभामुखले घोषणा गरेका हुन् ।
प्रतिनिधि सभामा कुनै विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमत सांसदले सहमति जनाएमा सभामुखले पारित भएको घोषणा गर्दछन् । अध्यादेशको सन्र्दभमा बहुमत सांसद समर्थन जनाएपछि स्वीकृत हुने र पारित भए सो सहर लागू हुने व्यवस्था रहेको छ ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको छ । पूर्ववर्ती सरकारले जारी गरेको अध्यादेश स्वीकृत भएपछि अब त्यसको प्रतिस्थापनका लागि तीनवटै विधेयक ल्याउने सरकारले तयारी गरेको हो । ६० दिनभित्र अध्यादेशलाई अर्को विधेयकले प्रतिस्थापन गर्ने व्यवस्था अनुसार सरकारले प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको हो ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट अध्यादेश ल्याएका थिए । वर्तमान अर्थमन्त्री शर्माले पूर्ववर्ती अर्थमन्त्रीले ल्याएको बजेटको आकार पनि प्रतिस्थापन विधेयकमार्फत घटाउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते