अपी पावर कम्पनीद्वारा १०.५% बोनस सेयर पारित
काठमाडौं । अपी पावर कम्पनीले सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट आ.व.२०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५ प्रतिशत बोनस सेयर दिने र ०.३९३६ प्रतिशतको हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको कम्पनीले जनाएको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउने पनि कम्पनीले विज्ञप्ती मार्फत जनाकारी दिएको हो ।
यसै आर्थिक वर्षमा कम्पनीले चन्द्रनिगाहपुरमा ४ मे.वा. क्षमताको ग्रिडमा आवद्ध सौर्य आयोजनाको निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याएको छ । साथै ढल्केबरमा १ मे.वा. क्षमता र सिमरामा १ मे.वा. क्षमताका आयोजनाहरु २०७८ साल मंसिर मसान्त भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ । यी सबै आयोजनाको निर्माण कार्य पश्चात अपी पावर कम्पनी ६२.५ मे.वा.को कम्पनी हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या