शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

शुक्रबार, २५ भदौ २०७८, १४ : ४३
शुक्रबार, २५ भदौ २०७८

भाद्र कृष्ण औँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ । गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो । 

गोकर्णेश्वर क्षेत्रमा कुहिने फोहर फालिएका स्थानमा गन्धले समस्या छ । नकुहिने प्लाष्टिकलगायत फोहर फालिएका सडकको सौन्दर्यतामा नकारात्मक प्रभाव परेको स्थानीय रश्मी श्रेष्ठले गुनासो गरिन् । मेला सकिएको तीन दिन बित्दा पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले फोहर नउठाएको उनले बताइन् ।

कुशे औँसीको दुई दिनपछि हरितालिकाको व्रत बसेका व्रतालु महिला मन्दिर क्षेत्र पुग्दा नाक थुनेर हिँडेको दृश्य देखिन्थ्यो । मन्दिर क्षेत्रमा थुप्रिएको फोहर उठाउन ढिला हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने खतरा बढेको स्थानीयवासी कविन्द्र कार्की बताउँछन् । राष्ट्रिय शहीद तथा निजामती स्मारक यज्ञडो (जगडोल) सामुदायिक वन पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल सडक मुनिको भागमा मन्दिर क्षेत्र प्रबन्ध समितिले सफाइ गर्नुपर्नेमा ढिला भएको बताउँछन् । स्मारक क्षेत्रको सफाइ भने आजदेखि सुरु गर्न लागिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप